images
images

ट्याक्टरले किचेर दुई जनाको मृत्यु, एक बालक गम्भीर घाईते

  • २१ बैशाख २०८३, सोमबार ११:०६

भक्तपुर । कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् ।

पुनर्वास नगरपालिका–७ को न्यू इँटा उद्योगमा ट्याक्टरले किच्दा भारतको उत्तरप्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर शाहीले घाइते अवस्थामा उपचारका लागि धनगढी ल्याइएका उनीहरू मध्ये अजयको सेती प्रादेशिक अस्पताल र पवनको नवजीवन अस्पतालमा मृत्यु भएको हो । ट्याक्टरले किचेर ११ वर्षीय घुर्रा कुमार गम्भीर घाइते छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूलाई काँचो इँटामा पानी सिँचाइ गर्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । घटनापछि चालक फरार छन् । उनको परिचय खुलेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।