भक्तपुर । सम्पती शुद्धीकरणको विभागको टोलीले बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा छापा मारेको छ ।
विभागको टोलीले बानियाँको काठमाडौस्थित नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको हो ।
विभागको टोलीले हेटौंडाको सानोपोखरामा रहेको मुख्यमन्त्री इन्द्र बानियाँको, बानियाँ निर्माण सेवा (बीएनएस) र त्यहीँ रहेको उनको घरमा छापा मारेर कागजपत्र लिएर गएको छ ।
मुख्यमन्त्री बानियाँले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको हो । मुख्यमन्त्री बानियाँ ‘क’ वर्गका निर्माण व्यवसायी पनि हुन् ।



हाम्रो अपडेट 






