दोलखा । रामेछापको मन्थली नगरपालिकामा मादक पदार्थको नसामा रहेका चार जना युवकको समुहले दोलखाका दुई पुरुषलाई गम्भिर घाईते हुनेगरी कुटपिट गरेका छन् ।
मादक पदार्थ सेवन गरी मोटरसाइकलमा सवार चार जना युवकको समुहले दोलखाको विगु गाउँपालिका वडा नम्बर २ ओराङका दलबहादुर तमाङ र भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुका विनोद बस्नेतलाई कुटपिट गरी लुटपाट गरेका हुन् । जेठ १८ गते दोलखाबाट हार्डवेयरको सामान लिन विरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५०० नम्बरको ट्रकलाई मन्थली नगरपालिका वडा नम्बर १३ स्थित मिल्तीखोलामा रोकेर सवारी धनी र चालकलाई कुटपिट गरी उनीहरुले लुटपाट गरेको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो । जेठ १८ गते राति साँढे १० बजे मादक पदार्थ सेवन गरी मोटरसाइकलमा सवार रहेका चार जनाको समुहले ट्रकलाई ओभरटेक गर्नेक्रममा दुई साइडबाट छेकेर रोकेका थिए ।
रामेछापको मन्थली नगरपालिकामा मादक पदार्थको नसामा रहेका चार जना युवकको समुहले दोलखाका दुई पुरुषलाई गम्भिर घाईते हुनेगरी कुटपिट गरेका छन् । मादक पदार्थ सेवन गरी मोटरसाइकलमा सवार चार जना युवकको समुहले दोलखाको विगु गाउँपालिका वडा नम्बर २ ओराङका दलबहादुर तमाङ र भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुका विनोद बस्नेतलाई कुटपिट गरी लुटपाट गरेका हुन् । कुटपिटपछि उनीहरुले सवारी धनीले घाँटीमा लगाएको साँढे दुई तोलाको सुनको सिक्रि र नगद एक लाख रुपैँया लुटपाट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी परेको छ ।
त्यसपछि उनीहरुले ट्रकका चालकलाई बाहिर निकालेर कुटपिट गर्न थालेको र छुट्याउन गएका सवारी धनीलाई पनि कुटपिट गरी घाईते बनाएको पाइएको छ । सडक अप्ठ्यारो रहेको र खोल्सो पनि भएकाले साइड दिने ठाउँ नभएपछि मोटरसाइकललाई ट्रकले पेलेको भन्ने बुझेर उनीहरुले आफुहरुमाथि एक्कासि आक्रमण गरेको सवारीधनी बस्नेतले बताएका छन् । कुटपिटबाट गम्भिर घाईते भएका ट्रक चालक तमाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाईते तमाङको आँखा, मुख र टाउकोमा गम्भिर चोट लागेको उनका भाई कृष्ण तमाङले बताएका छन् । कुटपिटपछि उनीहरुले सवारीधनीले घाँटीमा लगाएको साँढे दुई तोलाको सुनको सिक्रि र नगद एक लाख रुपैँया लुटपाट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी परेको छ ।
घटनामा संलग्न चार जनामध्ये प्रहरीले दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ का २८ वर्षिय सफन गोलेलाई पक्राउ गरेको छ । अन्य तीन जना भने फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । फरार रहेका अन्य तीन जनापनि दोलखाकै हुन् । पक्राउ परेका गोलेमाथि प्रहरीले ज्यान मार्ने उद्योगको मुद्धा दर्ता गरी जिल्ला अदालत रामेछापबाट एकसाताको म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनीहरुले व्यक्तिगत रिसिवि र अन्य कारण नभई रातको समयमा मादक पदार्थ सेवन गरी ट्रकलाई छेकेर रोकि कुटपिट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यद्यपी तीन जना पक्राउ पर्न बाँकी रहेको र घटनाको विषयमा थप अनुसन्धान जारी रहेको रामेछापका प्रहरी निरिक्षक ढकालले बताउनुभयो ।










