
काठमाडौं । काठमाडौंमा जबरजस्तीकरणी गरेको आरोपमा दोलखाका एक युवक पक्राउ परेका छन् ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ६ च्यामाका १९ वर्षिय जीवन केसीलाई प्रहरीले पक्राउ गरेको हो । २० वर्षिया महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा केसी पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर १ हात्तीसारस्थित रेष्टुराँमा वेटर काम गर्दै आएका उनले महिलालाई सोही रेष्टुराँमा जबरजस्तीकरणी गरेको प्रहरीले जनाएको छ ।