images
images

६ देशमा गैरआवासीय राजदूत नियुक्त

  • २१ जेष्ठ २०८०, आईतवार १५:४०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा देशमा गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई थप देश समेत हेर्नेगरी गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो। जसअनुसार मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिलीमा नियुक्त गरिएको छ । यस्तै, अष्ट्रियाका राजदूत भरत कुमार रेग्मीलाई क्रोएसिया, रुसका राजदूत मिलनराज तुलाधरलाई गणतन्त्र काजखस्तान र डेनमार्कका राजदूत राम स्वार्थ रायलाई निथुआनियाको गैरआवासीय राजदूत समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।