images
images

दोलखाका दुई स्थानीय सरकारले मागे स्थायी केन्द्रका लागि जग्गा, तामाकोशीमा दर्जन बढी निवेदन

दोलखा । दोलखामा गाउँपालिकाको स्थायी केन्द्र तोक्न बाँकी रहेका स्थानीय सरकारले समुदायसँग धमाधम जग्गामाग गर्न थालेका छन् ।

जिल्लाका ९ स्थानीय तहमध्ये दुई स्थानीय तहले गाउँपालिकाको केन्द्रका लागि समुदायसँग जग्गा माग गरेका हुन् । जसअनुसार तामाकोशी गाउँपालिका र मेलुङ गाउँपालिकाले स्थायी केन्द्र निर्माणका लागि जग्गा माग गरेका हुन् । जिल्लाको तामाकोशी गाउँपालिकाले पालिकाको स्थायी केन्द्र निर्माणका लागि ५० रोपनी जग्गादानको माग गरेको छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि पहिलो पटक बसेको तामाकोशी गाउँपालिका गाउँकार्यपालिकाको बैठकले पालिकाको स्थायी केन्द्र निर्माणका लागि जग्गादाताबाट जग्गा माग गरेको हो । पालिकाले तामाकोशी गाउँपालिका वडा नम्बर ३ चनौटेदेखि वडा नम्बर ४ शहरेको सिमानासम्म ३ सय मिटर तलमाथि ५० रोपनी जग्गादान गर्न माग गरेको हो ।

गाउँपालिकाले असार १७ गते सम्मको समय दिएर २१ दिने सूचना जारी गरेको थियो । गाउँपालिकाका अनुसार जफेको मालुडाँडाका लागि ९ वटा र मानेडाँडाका लागि ४ वटा गरी १३ वटा निवेदन परेको छ । पालिकाका अध्यक्ष प्रोणप्रताप केसीले गाउँपालिकाले माग गरेअनुसार परेको निवेदन उपर यही असारको अन्तिम साता बस्ने बैठकमा छलफल हुने र प्रक्रिया अघि बढ्ने बताउनुभयो । यसअघि तामाकोशीमा दुई तिहाई बहुमत पुग्न नसक्दा पालिकाको केन्द्र टुंगो लाग्न सकेको थिएन । २०७४ सालको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पालिकाको केन्द्र नै नतोकि आफ्नो कार्यकाल बिताईसकेका छन् ।

दोलखामा गाउँपालिकाको स्थायी केन्द्र तोक्न बाँकी रहेका स्थानीय सरकारले समुदायसँग धमाधम जग्गामाग गर्न थालेका छन् ।जिल्लाका ९ स्थानीय तहमध्ये दुई स्थानीय तहले गाउँपालिकाको केन्द्रका लागि समुदायसँग जग्गा माग गरेका हुन् । जसअनुसार तामाकोशी गाउँपालिका र मेलुङ गाउँपालिकाले स्थायी केन्द्र निर्माणका लागि जग्गा माग गरेका हुन् । तामाकोशी गाउँपालिकाले पालिकाको स्थायी केन्द्र निर्माणका लागि ५० रोपनी जग्गादानको माग गरेको छ । यता मेलुङ गाउँपालिकाले पनि जग्गा प्राप्तिका लागि निवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

यता मेलुङ गाउँपालिकाले पनि जग्गा प्राप्तिका लागि निवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ । गाउँपालिकाले कम्तिमा २५ रोपनी क्षेत्रफलको जग्गा माग गर्दै असार २५ गतेभित्र निवेदन पेश गरिसक्न भन्दै असार १० गते सूचना प्रकाशन गरेको थियो । पालिकाले सूचना जारी गर्दै मेलुङ गाउँपालिका–४ क्षेत्रभित्र मुडे मेलुङ सडकको भेड्पु पोखरीदेखि धारापानी सडक खण्ड आसपास क्षेत्रको जग्गा निशुल्क रुपमा उपलब्ध गराउन आग्रह गरेको छ । मेलुङ गाउँपालिकाले सूचना जारी गरे लगत्तै नेपाली कांग्रेश दोलखाका सभापति बर्मा लामाले सामाजिक सञ्जाल मार्फत् यसअघि टुनिबोटे भनिएकोमा अहिले भेड्पु पोखरीदेखि भन्दा विवाद हुने उल्लेख गर्नुभएको थियो ।

उहाँले हाल रहेको कार्यालय जोरधारा वरिपरि, टुनिबोटे क्षेत्र र काकलिङ गैरो जिम्बाटोल सम्मको जग्गा पाएमा उपयुक्त हुने र सबैलाई पायक पर्ने धारणा राख्नुभएको छ ।मेलुङ गाउँपालिकाले पनि स्थायी केन्द्र तोक्न नसक्दा अहिलेसम्म स्थायी प्रशासनिक भवन निर्माण गर्न सकेको छैन । जिल्लाको बैतेश्वर गाउँपालिकामा पनि स्थानीयले जग्गादान गरेपछि पाँडुडाँडामा स्थायी प्रशासनिक भवन बनेको थियो । कालिञ्चोक गाउँपालिकाको पनि स्थायी केन्द्र अझै टुंगो लाग्न सकेको छैन । जिल्लाका बाँकी ७ वटा स्थानीय सरकारले भने केन्द्रको टुंगो लगाइसकेका छन् ।