images
images

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुन लागेकै हो त ?

  • २० असार २०७९, सोमबार १४:०८

काठमाण्डौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले निर्वाचन अघि नै पार्टी एकता गर्ने तयारी गरी छलफल अघि बढाएका छन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि यी दुई दलले पार्टी एकता गर्ने तयारी स्वरुप छलफललाई अघि बढाएका हुन् । पार्टी एकता गर्ने विषयमा तत्कालीन नेकपाका ५ जना सचिवालय सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनाल र भर्खरै राष्ट्रिय एकता अभियान खोलेर त्यसको संयोजक बनेका वामदेव गौतमबीच छलफल भएको छ । शिर्ष नेताहरुबीच भएको भेटमा निर्वाचनअघि दुई पार्टीको एकता गर्ने विषयमा गम्भिर छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । तत्कालीन नेकपाको सरकारका पालामा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा प्रचण्ड र नेपाल एउटै मोर्चामा रहेर विरोधमा उत्रिएका थिए ।

पछिल्लो समय माओवादी केन्द्र र एकिकृत समाजवादीका नेताहरुबीच निर्वाचनअघि नै पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको र छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । यसअघि कांग्रेस बाहेक सत्ता गठबन्धनमा रहेका दलहरुले छुट्टै गठबन्धन बनाउने विषयमा छलफल अघि बढाएका थिए । अहिले उनीहरुको संवाद निर्वाचन अघि कम्तीमा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच एकता गरेर अघि बढ्ने विषयमा केन्द्रित भएको छ