काठमाडौं । नेकपा एकिकृत समाजवादीको केन्द्रिय सचिवालय बैठकमा अध्यक्ष माधव कुमार नेपालले पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गर्नुभएको छ ।
करिव ६ घण्टा बसेको नेकपा एसको सचिवालय बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरुबीचको बैठकमा पार्टी एकताबारे आएको प्रस्तावबारे अध्यक्ष नेपालले ब्रिफिङ गर्नुभएको हो । आईतबार तत्कालीन नेकपामा बहुमत सचिवालय सदस्यहरु पुष्पकमल दहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । सो छलफलमा नेता गौतमले माओवादी र समाजवादीबीच निर्वाचन अघि नै एकता गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको थियो ।
समाजवादीको सचिवालय बैठकमा पार्टीको असार १४ गते सम्पन्न केन्द्रिय परिषदको बैठकको समिक्षा गर्नुका साथै परिषद अध्यक्षमा अध्यक्ष माधव कुमार नेपालले पेश गरेको राजनितिक प्रतिवेदमा आएका सुझाव समेटिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले निर्वाचन अघि नै पार्टी एकता गर्ने तयारी गरी छलफल अघि बढाएका छन् ।










