images
images

सिन्धुलीका एक पुरुष होटलमा मृत फेला, हत्याको आशंकामा महिला पक्राउ

  • २० असार २०७९, सोमबार १८:३३

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाका एक युवक होटलमा मृत फेला परेका छन् ।

कमलामाई नगपालिका वडा नम्बर ६ का ३४ वर्षिय सुमन विक आज सिन्धुलीमाढीको डाँफे होटलमा मृत फेला परेका हन् । मृतक विकको टाउकोमा बोतलले हानेको चोट जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । होटलमा मृत भेटिएका ती युवासँगै बसेकी घ्याङलेक गाउँपालिकाकी ३५ वर्षिया माया रानीलाई प्रहरीले पक्राउ गरेको छ । महिलाले होटलको कर्मचारीलाई कोठामा आफुले मान्छे मारेको र प्रहरीलाई बोलाउन आग्रह गरेको बताइएको छ ।

अवैध सम्बन्ध र लेनदेनको विषयमा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीयका अनुसार प्रहरीले नियन्त्रणमा लिएकी महिला र मृतक बिक आईतबार दिउँसोदेखि नै होटलमा सँगै रहेका थिए ।