images
images

दोलखामा टेलिकमको ल्याण्डलाइन फोन र इन्टरनेट अवरुद्ध, मोबाइल सेवामा पनि समस्या

  • २१ असार २०८१, बिहीबार ०८:०१

दोलखा । दोलखामा नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन र मोबाइल सेवामा समस्या देखिएको छ ।

गए रातिदेखि नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ भने मोबाइलमा समेत नेटवर्क नदेखाउने, देखाइ हाले सम्पर्क नहुने र सम्पर्क भए कुरा नबुझिने समस्या देखिएको हो । ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुनुका साथै मोबाइल सेवामा समेत समस्या देखिएपछि सेवाग्राही प्रभावित भएका छन् । टेलिफोन र इन्टरनेटमा समस्या भएपनि त्यसको कारण टेलिकम चरिकोट शाखाले केही बताएको छैन ।