images
images

काभ्रेपलाञ्चोकमा लडेर दुई जनाको मृत्यु

  • २१ असार २०८१, बिहीबार १२:१०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लमा लडेर एक महिलाको मृत्यु भएको छ ।

भुम्ल गाउँपालिका –६ मा काल टोलकी सरिता पहरीको लडेर मृत्यु भएको हो । उनी हिजो ठुलो खोला भिरमा घाँस काट्ने क्रममा भिरबाट लडि १ सय ५० मिटर तल खसेकी थिइन् । उनको शरीरको विभिन्न भागमा चोट लागेको थियो । उनलाई उपचारको लागि काठमाडौंस्थित विर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यसैबीच, पाँचखालमा पनि लडेर एक पुरुषको मृत्यु भएको छ । पाँचखाल नगरपालिका –३ लाम्दीका २३ वर्षीय सुजन दुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो उनी बाटोमा अचानक लडेर बेहोस भएका थिए । उनको उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।