images
images

तामाकोशी नदीले सर्तकर्ता तह पार गर्याे, सावधान रहन मौसम विज्ञान विभागको एसएमएस

  • १९ श्रावण २०७९, बिहीबार ०६:०७

जिरी (दोलखा) । दोलखास्थित तामाकोशी नदीले सर्तकर्ता तह पार गरेको छ ।

तामाकोशी नदी, गोंगर जगत जल मापण केन्द्रमा आज विहान साँढे १ बजे जलसतह ४ दशमलव ५२ मिलिलिटर पुगी सर्तकर्ता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलमापण केन्द्रमा राती एक घण्टामा जलसतह एक्कासी बढेर सर्तकर्ता तह पुगेको र बढ्दो क्रममा रहेकाले तामाकोशी नदीको सुनकोसी दोभान सम्मको तटीय क्षेत्रका बासिन्दाहरुलाई सर्तकर्ता अपनाउन आग्रह गरिएको छ ।

आज विहान १० बजेसम्म जोखिम कायम रहने भएकाले सावधानी अपनाउन तटीय क्षेत्रका बासिन्दाहरुमा जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । नदीमा पानीको सतह बढ्दो क्रममा रहेकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन भनिएको हो ।