images
images

चरिकोट सभाहलको कथाः९ वर्षअघि निर्माण सुरु, यसरी बन्यो अलपत्र

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा ९ वर्ष अघिदेखि निर्माण सुरु भएको सभा हल निर्माणकै क्रममा अलपत्र परेको छ ।

जिल्ला अदालत दोलखाको कार्यालय नजिकै माथिल्लोतर्फ करिब एक रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको सभाहल लामो समयदेखि अलपत्र अवस्थामा रहेको हो । सभाहल निर्माण कार्य अलपत्र छोडिँदा पिलरको रडमा खियाँ लागेको र भवनमा झारपात उम्रिन थालेको छ । सरकारले भवन विभागमार्फत् ९ वर्षअघि सो सभा हल बनाउन सुरु गरेको थियोे । साँढे २ करोड लागतमा टेण्डर भएको सो हल अलपत्र पर्नुमा सरकार र ठेकेदार कम्पनी दुवै दोषी रहेको स्थानीयले आारोप लगाएका छन् । चरिकोट बजारमा २०७० सालमा सघन सहरी तथा भवन निर्माण आयोजनाले सभाहल निर्माणका लागि टेण्डर आब्हान गरेको थियो । तत्कालीन जिल्ला विकास समिती सभापतिको सरकारी निवास रहेको सो स्थान खाली भएपछि जिविसले सभाहल निर्माणका लागि सोही स्थान उपलब्ध गराएको थियो । सो समयमा सरकारी भवन निर्माण तथा अनुगमनको काम धुलिखेलस्थित डिभिजन कार्यालयले गर्ने गरेको थियो ।

सरकारले भवन विभागमार्फत् ९ वर्षअघि सो सभा हल बनाउन सुरु गरेको थियोे । साँढे २ करोड लागतमा टेण्डर भएको सो हल अलपत्र पर्नुमा सरकार र ठेकेदार कम्पनी दुवै दोषी रहेको स्थानीयले आारोप लगाएका छन् । आयोजनाले दुई महिनाअघि ठेक्का तोड्नका लागि ठेकेदार कम्पनीलाई आव्हान गरेपनि सम्पर्कमा नआएको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका इन्जिनियर टंक प्रसाद गौतमले जानकारी दिनुभयो ।

सभाहल निर्माणका लागि २०७० साल माघ २० गते रौताहा, ओमवुद्ध, सुन्दरीमाई जेवी कम्पनीले २०७३ साल असार ३२ गतेसम्म काम सक्ने गरी १ करोड ७९ लाख २६ हजार ४ सय २५ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । यद्धपी सम्झौता बमोजिम काम नसकिएपछि सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले ठेकेदार कम्पनीलाई २ पटक म्याद थप गरेको थियो । आयोजनाले २०७३ साल फागुन १ गतेबाट, ०७५ साल असार ३२ गतेसम्म म्याद थप गरेको थियो । सो समयमा पनि ठेकदार कम्पनिले काम पुरा नगरेपछि पुन २०७५ साल साउन १ गतेबाट २०७६ साल फागुन ३० गतेसम्म काम सक्न आग्रह गर्दै दोस्रो पटक म्याद थप भएको थियो । दुई पटक म्याद थप गर्दा समेत सभाहलको निर्माण नसकिएपछि आयोजनाले ठेक्का तोड्नका लागि सुचना समेत जारी गरेको छ । आयोजनाले दुई महिनाअघि ठेक्का तोड्नका लागि ठेकेदार कम्पनीलाई आव्हान गरेपनि सम्पर्कमा नआएको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका इन्जिनियर टंक प्रसाद गौतमले जानकारी दिनुभयो ।

रौताहा ओमवुद्ध सुन्दरीमाई जेवी कम्पनिका ठेकेदार धिरेन्द्र दाहालले भने आफुले सम्झौता गरेअनुसारको काम सकिसकेको दाबी गर्नुभएको छ । उहाँले सभा निर्माणको जिम्मा लिइरहने कार्यालय फेरिँदा निर्माणाधिन सभाहल अलपत्र परेको भन्दै आफुले गर्ने ८० प्रतिशत काम सकेर भवन जिम्मा दिइसकेको दाबी गर्नुभयो । आयोजना र ठेकेदार कम्पनिबीचको आ–आफ्नै दाबीले सभाहल निर्माण कार्य अन्यौलमा परेको छ । २०७२ सालमा गएको विनाशकारी भुकम्पबाट क्षतविक्षत भएका संरचना पनि अधिकांश बनिसकेका छन् । यद्धपी २०७० सालदेखि निर्माण सुरु भएको सभाहल अझै निर्माणकै चरणमा अलपत्र अवस्थामा छ ।