काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंंसिर ४ गते गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्को आज बसेको बैठकले प्रदेश र प्रतिनिधी सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो । आगामि २०७९ साल मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रबक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि हिजो सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंपसर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सहमत भएका छन् ।










