सिन्धुली । सिन्धुलीमा तेलले पोलेर १८ महिनाकी बालिका घाईते भएकी छन् ।
जिल्लाको कमलामाई नगरपालिका–६ रातमाटाका रमेशकुमार भुजेलकी १८ महिनाकी छोरी प्रकृति भजुेल तेलले पोलेर घाईते भएकी हुन् । आफ्नै घरमा खेल्ने क्रममा जाउलो पकाउन तताई राखेको तेलमा परी उनको बायाँ कान, घाँटी र काँधमा तेलले पोलेको सिन्धुली प्रहरीले जनाएको छ । उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।