जिरी(दोलखा) । दोलखा र रामेछाप सहित १९ जिल्ला आसपास भएर बहने नदीमा आज बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज दोलखाको तामाकोशी नदी सहित १९ जिल्ला भई बहने नदीहरुमा बहाव बढ्ने अनुमान गरेको हो । विभागका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, गोरखा, लमजुङ, कास्की, म्याग्दी, दार्चुला, बझाङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ । नदीको बहाव बढ्ने भएकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।