images
images

पूर्व उर्जासचिव कार्कीसहित दुई जना विद्युत प्राधिकरणको सञ्चालक सदस्य नियुक्त

  • २० श्रावण २०८१, आईतवार १७:०१

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त गरेको छ ।

सरकारले प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाएर नयाँ सदस्य नियुक्त गरेको हो । सञ्चालक समितिमा दोलखा स्थायी घर भएका नेपाल सरकारका पूर्व सचिव देवेन्द्र कार्की र महेन्द्र बहादुर गुरुङ नियुक्त भएका हुन् । उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयले सञ्चालकद्धय भक्तबहादुर पुन र कपिल आचार्यलाई पदमुक्त गर्दै कार्की र गुरुङलाई नियुक्त गरेको हो ।

दोलखाको तामाकोशी गाउँपालिका स्थायी घर भएका कार्की पूर्व उर्जा सचिव हुन् भने गुरुङ पञ्चेश्वर विकास प्राधिकरणको पूर्व प्रमुख कार्यकारी हुन् ।