आज ६ हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।
श्वेत गंगा हाइड्रोपावर सहित ६ कम्पनीको सेयर मूल्य उच्च दरमा बढेको हो । जसमा श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य १५ रुपैया ९० पैसाले वृद्धि भई प्रतिकित्ता २९५ रुपैंया कायम भएको छ । यस्तै, रु रु जलविद्युत कम्पनीको सेयर ८९ रुपैंया ५० पैसाले बढेको छ । यो संगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९८४ रुपैंया ५० पैसा कायम भएको छ । यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ३६ रुपैंया ४० पैसाले वृद्धि भई प्रतिकित्ता ४३३ रुपैंया कायम भएको छ । आजकै दिन जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १६ रुपैंया ८० पैसाले बढेर २२३ रुपैंया ८० पैसा कायम भएको छ । आज यूनाइटेड इन्स्योरेन्सको सेयर मूल्य २३ रुपैया ६० पैसाले वृद्धि भई ३९६ रुपैंया २० पैसा कायम भएको छ ।
साथै, अपर हेवा खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य २३ रुपैयाले बढेर ४२३ रुपैया कायम भएको छ ।










