images
images

मानव बेचविखन मुद्धामा फरार रहेका सिन्धुपाल्चोकका पुरुष ३४ वर्षपछि पक्राउ

  • १९ भाद्र २०७९, आईतवार १९:४७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक पुरुष मानव बेचविखन तथा ओसारपसार मुद्धामा फरार रहेको ३४ वर्षपछि पक्राउ परेका छन् ।

मेलम्ची नगरपालिका वडा नम्बर ७ का ५५ वर्षिय खम्बे भनिने जित बहादुर तमाङलाई प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्धामा फरार रहेको ३४ वर्षपछि पक्राउ गरेको हो । उनलाई आज मेलम्ची नगरपालिका ७ बाटै पक्राउ गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्ला अदालतले तमाङलाई २०४५ साल चैत २९ गते मानव वेचविखन तथा ओसारपसार मुद्धामा ९ वर्ष दुई महिना कैद सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसला लगत्तै फरार रहेका उनलाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ परेका तमाङलाई अदालत पेश गरिएकोमा अदालतको आदेश अनुसार आजै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।