दोलखा । बैतेश्वर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत कार्यालय हाजिर भएका छन् ।
बैतेश्वरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल आज कार्यालय हाजिर भएका हुन् । कार्यालय हाजिर भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत पौडेललाई गाउँपालिकाका अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेतीसहित पालिकाका कर्मचारीले स्वागत गरेका छन् ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत रमेश घिमिरे २०८० साल भदौ १२ गतेदेखि कात्तिक २३ गतेसम्म करिब साँढे दुई महिना मात्रै जिम्मेवारी सम्हालेर सरुवा भएका थिए । घिमिरेको सरुवा भएसँगै बैतेश्वरमा मंसिर ५ गतेबाट हालसम्म ऋषिराम ज्ञवालीले प्रमुख प्रशासकीय अधिकतको जिम्मेवारी सम्हाल्दै आएका थिए । ज्ञवालीलाई हाल शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिईएको छ ।
बैतेश्वरमा आउने प्रमुख प्रशासकीय अधिकृतहरु विभिन्न कारण देखाउँदै छोटो समयमा सरुवा हुने गरेका छन् । बैतेश्वरमा प्रमुख प्रशासकीय अधिकृतहरुलाई काम गर्ने सहज वातावरण नभएका कारण उनीहरु छोटो समयमा सरुवा भएर जाने गरेको बताईन्छ ।