images
images

अरनिको लोकमार्गमा दुई दिन ट्रिपर र मालबाहक सवारी सञ्चालन गर्न रोक

  • १९ भाद्र २०८१, बुधबार १९:००

काभ्रेपलाञ्चोक । अरनिको लोकमार्गमा मर्मतका लागि भोली र पर्सि दिन ट्रिपर र मालबाहक सवारी सञ्चालन गर्न नपाईने भएको छ ।

लोकमार्ग अन्र्तगत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा दुई दिन ट्रिपर र मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाईएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले भोली र पर्सि (भदौ २० र २१ गते) टिपर र मालबाहक गाडी सञ्चालनमा रोक लगाएर सडक मर्मत गर्न लागेको हो ।

निमार्ण व्यवसायीको लापरबाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौंबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक हुँदै दोलखा आउने अरनिको लोकमार्ग तथा चीन जोड्ने तातोपानी नाका जाने प्रमुख सडक जोखिमपूर्ण बनेपछि यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

फाइल तस्वीरः