images
images

खुर्काेट र रामेछाप जोड्न सुनकोशीमा बेलिब्रिज राख्ने तयारी

  • १८ आश्विन २०८१, शुक्रबार १५:२८

काठमाडौँ । गत शनिबार सुनकोशीमा आएको बाढीले खुर्काेटको पुल बगाएपछि बेलिब्रिज निर्माणको तयारी गरिएको छ ।

बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेको खुर्काेट र रामेछाप जोड्नका लागि बेलिब्रिज निर्माण हुने भएको हो । रामेछापलाई सडक सञ्जालनमा जोड्नका लागि अस्थायी रुपमा विपि लोकमार्ग सञ्चालनका लागि सुनकोशीमा बेलिब्रिज राख्ने तयारी गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हेटौँडाबाट सामान मगाएर तत्काल बेलिब्रिज जोडिने भएको हो ।बेलिब्रिज जोड्नमा कम्तिमा दुई साता लाग्ने कार्यालयका ईन्जिनियर प्रदिप तामाङले जानकारी दिनुभयो ।

यद्धपी दँशै अघि भने सडक सूचारु नहुने भएको छ । लगातारको वर्षाका कारण गत शनिबार दिउँसो सुनकोशीमा आएको बाढीले सिन्धुलीको खुर्काेट पुल बगाएको थियो ।