images
images

बाढी पहिरो प्रभावित काभ्रेका तीन स्थानीय तहलाई काठमाडौँ महानगरको ६० लाख अनुदान

  • १८ आश्विन २०८१, शुक्रबार १७:४८

काठमाडौँ । बाढी पहिरोबाट ठुलो जनधनको क्षति भएको काभ्रेपलाञ्चोकका तीन स्थानीय सरकारलाई काठमाडौँ महानगरपालिकाले ६० लाख आर्थिक सहयोग गर्ने भएको छ ।

महानगरपालिकाले काभ्रेको पनौती नगरपालिका तथा रोशी र बेथानचोक गाउँपालिकालाई प्रतिपालिका २०/२० लाखका दरले ६० लाख आर्थिक सहयोग गर्ने भएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले काभ्रेका तीन पालिकाको कोषमा सो रकम उपलव्ध गराउने निर्णय गरेको हो ।

पालिकाहरुबाट सहयोगको माग भएपछि विपद् व्यवस्थापन समितिमा छलफल गरेर सहयोग सिफारिस गरिएको महानगर विपद् व्यवस्थापन समितिमा पठाईएको महानगरपालिकाले जनाएको छ । बाढी पहिरोले ठुलो जनधनको क्षति गरेपछि रोशी गाउँपालिकाले हिजो सार्वजनिक रुपमै सहयोगको अपिल गरेको थियो ।