काठमाडौं । बाढी पहिरोले बिपि लोकमार्ग अवरुद्ध भएपछि दुई निजी एयरलाइन्सले भोलीवाट काठमाडौंदेखि रामेछाप सदरमुकाम मन्थलीसम्म नियमित उडान गर्ने भएका छन् ।
तारा र समिट एयरले भोलीवाट नियमित दुई/दुई उडान गर्ने तयारी गरेका हुन् । रामेछापका प्रदेश सांसद तारानारायण श्रेष्ठका अनुसार यी दुवै एयरलाइन्सले काठमाडौंवाट मन्थली र मन्थलीवाट काठमाडौंसम्म नियमित उडान गर्ने भएका हुन् । सांसद श्रेष्ठले सर्वसाधारण यात्रुले समेत यात्रा गर्न पाउने गरी नियमित उडानको कार्यतालिका बनेको हो ।
यसअघि तारा एयर लगायतका निजी एयरलाइन्सले मन्थलीवाट सोलुखुम्वुको लुक्लासम्म उडान गर्दै आएका थिए । उक्त उडानमा विदेशी पर्यटकहरु मात्र यात्रा गर्न पाउने व्यवस्था थियो । बाढी पहिरोले बिपि लोकमार्ग अवरुद्ध भएको र खुर्कोटको सडक पुल समेत बगाएका कारण काठमाडौंदेखि मन्थलीसम्म सिधा नियमित उडान गर्न लागिएको हो । निजी एयरलाइन्सका उडानमा विदेशी पर्यटकका साथमा अव नेपाली सर्वसाधारण नागरिकले समेत यात्रा गर्न पाउने छन् ।
रामेछापवाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित साँसद, राजनीतिक दलका नेता तथा स्थानीय अगुवाहरुले काठमाडौंदेखि मन्थलीसम्म नियमित उडान गरी सर्वसाधारण नागरिकलाई पनि यात्रा गर्ने व्यवस्था मिलाउन माग गर्दै आएका थिए ।