images
images

बाढी–पहिरो पीडितको राहतका लागि एकै दिन ३ करोड रकम जम्मा, वास्तविक पीडितसम्म पुग्ला ?

  • १८ आश्विन २०८१, शुक्रबार १८:३८

काठमाडौँ । बाढी पहिरो प्रभवितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन ३ करोड भन्दा बढि रकम जम्मा भएको छ ।

विभिन्न सरकारी तथा निजि क्षेत्रका वित्तिय संस्थाका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृतहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सो बराबरको सहयोग रकम हस्तान्तरण गरेका हुन् । जसअनुसार कृषी विकास बैंकले एक करोड ५० लाख रकम बराबरको चेक हस्तान्तरण गरेको छ भने नागरिक लगानी कोष र सिमेक्स ईन्क प्रालि –बीवाईडी) ले ५१/५१ लाख सहयोग गरेको छ ।

यस्तै, एसबिआई बैंकबाट २५ लाख, लाईफ ईन्स्योरेन्स कर्पाेरेशनबाट ३१ लाख, नेपाल पूर्वाधार विकास बैंकबाट २५ लाख र ओरियन्टल ईन्स्योरेन्सबाट १५ लाख रकम हस्तान्तरण भएको छ ।
बाढी पहिरोले ठुलो जनधनको क्षति गरेपछि पीडितको सहयोगका लागि भन्दै  कोषमा अन्य सँघ संस्थाबाट पनि सहयोग जुट्ने क्रम जारी छ ।