images
images

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

  • १८ कार्तिक २०७९, शुक्रबार ०६:२४

काठमाडौं । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी तुलसीको पूजाआराधना गरि मनाइँदैछ ।

औषधिय गुणले युक्त तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी हरिबोधनी एकादशी मनाउने गरिन्छ । हरिसयनीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्ने गर्दछन् । कात्तिक महिनाभर सबै देवदेवीले तुलसिमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आजको दिन तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङग गाडेर विधिपूर्वक पूजा गरिन्छ । हाल शुक्र अस्त भएपनि प्रत्येक वर्ष गरिने चर्तुमास व्रत समापन गर्न हुने नेपाल पञ्चागं निर्णायक विकास समितीका अध्यक्ष प्रा.डा श्रीकृष्ण अधिकारीले बताउनुभयो । आजका दिन काठमाडौंको चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेष नारयणमा विशेष मेला लाग्ने गर्छ । देशभरका नारायण मन्दिरमा विशेष पुजा गरी यो पर्व मनाइँदैछ ।