images
images

आम निर्वाचनका लागि आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै

  • १८ कार्तिक २०७९, शुक्रबार ०६:४३

काठमाडौं । आम निर्वाचनका लागि आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदैछ ।

मतदाता शिक्षा कार्यक्रममार्फत मतदातालाई मतदान गर्ने सही तरिका सिकाइनेछ । ७७ वटै जिल्लाका ७ सय ५३ स्थानिय तहका ६ हजार ७ सय ४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । यसका लागि आयोगले प्रत्येक वडामा रहेका स्वाथ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाइँनेछ । मुलुकभरका ६ हहजार ७ सय ४३ वडामा सोही संख्यामा स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम सुरु हुने आयोगले जनाएको छ । स्थानिय तहसँगको समन्वयमा मतदाता शिक्षा कार्यक्रम आजदेखि मंसिर १ गतेसम्म आयोजना हुनेछ । केही वडामा एक स्वास्थ्य स्वयंसेविकाले अपुग भए थप १ जना परिचालन गर्ने तयारी छ । मतदाता शिक्षाका लागि हुने घरदैलोमा मतदान गर्ने तरिकासहित निर्वाचनका लागि जानकारी मुलक ब्रोसर वितरण गरिने आयोगले जनाएको छ ।