images
images

न्यू खिम्ती–लामोसाँघु प्रसारण लाइन आजदेखि एक महिना बन्द हुने

  • १८ कार्तिक २०७९, शुक्रबार ०८:०५

जिरी (दोलखा) । न्यू खिम्ती–लामोसाँघु प्रसारण लाइन एक महिना बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले १३२ केभी न्यू खिम्ती–लामोसाँघु प्रसारण लानइबाट प्रवाह हुने विद्युत सेवा आजदेखि एक महिना बन्द गर्ने भएको हो । प्राधिकरणले लाइनको पुरानो तथा जिर्ण कन्डक्टर फेर्नका लागि कात्तिक १८ गते अर्थात आज देखि मंसिर २० गतेसम्मका लागि सेवा बन्द गर्न लागेको जनाएको छ । सो प्रसारण लाइन नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा सञ्चालनमा रहेको छ । प्राधिकरणका अनुसार विद्युत एक महिनासम्म दैनिक बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुनेछ ।

यो अवधिमा लाइनको प्रणालीमा विद्युत प्रवाह अनियमित हुने हुँदा न्यू खिम्ती तथा लामोसाँघु ३३ के.भी सबस्टसन र ११ केभी फिडरमा असर पर्न सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तोकिएको समय अघिनै काम सम्पन्न भए तोकिएको समय भन्दा अगावै सेवा सुरु हुनेछ ।