images
images

सिंगटी बजारको एक फेन्सी पसलमा आगलागी, २५ लाख बराबरको क्षति

  • १८ कार्तिक २०७९, शुक्रबार ०९:४३

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकास्थित एक फेन्सी पसलमा आगलागि हुदाँ २५ लाख बराबरको क्षति भएको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ सिंगटी बजारमा रहेको फेन्सी पसलमा आगलागि हुदाँ २५ लाख बराबरको क्षति भएको हो । गएराती करिब १० बजे नैना बहादुर शिवाकोटीको घरसँगै रहेको फेन्सी पसल र गोदाममा विद्युत सर्ट भएर आगलागि भएको दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिंग्देलले जानकारी दिनुभयो । आगलागिबाट पसल र गोदाममा रहेकोे लता कपडा र फेन्सी सामान जलेर पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।