images
images

खुकुरीले हिर्काएर आमाको हत्या गर्ने सिन्धुपाल्चोकका एक पुरुष पक्राउ

  • १८ कार्तिक २०७९, शुक्रबार १३:१२

काठमाडौं । काठमाडौंको काँडाघारीमा सिन्धुपाल्चोकका एक पुरुषले खुकुरीले हिर्काएर आफ्नै आमाको हत्या गरेका छन् ।

सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ३ घर भई काठमाडौंको काँडाघारीमा बस्दै आएका ३५ वर्षिय जयबहादुर तमाङले आफ्नी ७० वर्षिया आमा फुलमायाको हत्या गरेका हुन् । उनले आमाको टाउकोमा खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । घटना लगत्तै प्रहरीले तमाङलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।