काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाकी एक महिलाको हत्या आरोपमा दोलखाका एक सहित दुई जना पक्राउ परेका छन् ।
धुलिखेल नगरपालिका वडा नम्बर ११ डाडागाउँकी ५२ वर्षिया बिन्दा कमिनीको हत्या आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ७ की २८ वर्षिया कोपिला विक र धुलिखेल नगरपालिका ११ का ५० वर्षिया गोपाल विक रहेका छन् । हत्या आरोपमा पक्राउ परेकी कोपिला मृतककी नातिनि हुन् । उनको हिजो साँझ हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
उनीहरुले मादक पदार्थ सेवन गरेर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।










