images
images

लगानी बोर्डवाट एमाले उम्मेदवार शिवाकोटीको नाम हट्यो, निर्वाचन आयोगले के गर्ला ?

जिरी (दोलखा) । नेकपा एमालेबाट दोलखामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका बालकृष्ण शिवाकोटी विरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले अब के गर्छ भन्ने सर्वत्र चासो बढेको छ ।

लाभको पदमा रहेर उम्मेदवार बनेको भन्दै उनी विरुद्ध हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटमा उजुरी परेपछि निर्वाचन आयोगले अब के निर्णय गर्छ भन्ने चासो छाएको हो । जिल्लाबाट ७ स्वतन्त्र सहित २१ जना प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकोमा शिवाकोटीको उम्मेदवारी विवादमा आएको हो । यसअघि उम्मेदवार बनेर पनि लाभको पदमा बसेर सरकारी तलब, सेवा सुविधा लिएको भन्दै केही उम्मेदवारको उम्मेदवारी खारेज गरिएपनि शिवाकोटीको उम्मेदवारी भने हालसम्म कायमनै रहेको छ ।

शिवाकोटीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ सालमा लगानी बोर्डको आमन्त्रित सदस्यमा नियुक्त गरेका थिए । हाल उनी प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष रहेको लगानी बोर्ड नेपालका सदस्य हुन् ।  केहीदिन अघि सम्म मात्रै लगानी बोर्डको वेवसाईटमा नीजि क्षेत्रको प्रतिनिधित्व गर्ने आमन्त्रित सदस्यका रुपमा सिवाकोटीको नाम थियो । तर, उजुरी दर्ता र सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा समाचार सार्वजनिक हुन थालेपछि आज भने सो वेभसाईटमा शिवाकोटीको नाम हटाइएको छ ।

शिवाकोटीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ सालमा लगानी बोर्डको आमन्त्रित सदस्यमा नियुक्त गरेका थिए । हाल उनी प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष रहेको लगानी बोर्ड नेपालका सदस्य हुन् । तर, उनले उम्मेदवारी दर्ता गराएर चुनावी प्रचारप्रसारमा होमिँदासम्म बोर्डबाट नबाहिरिएपछि उजुरी दर्ता गरिएको छ । केहीदिन अघि सम्म मात्रै लगानी बोर्डको वेवसाईटमा नीजि क्षेत्रको प्रतिनिधित्व गर्ने आमन्त्रित सदस्यका रुपमा सिवाकोटीको नाम थियो । तर, उजुरी दर्ता र सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा समाचार सार्वजनिक हुन थालेपछि आज भने सो वेभसाईटमा शिवाकोटीको नाम देखिएको छैन । सम्भवतः उनी विवादमा तानिएपछि बोर्डको सदस्यको लिस्टबाट नाम हटाएको हुनसक्ने अनुमान गरिएको छ । लगानी बोर्डको सदस्यमा निजी क्षेत्रवाट भवानी राणा, हरिभक्त शर्मा र राजेशकाजी श्रेष्ठको नाम मात्रै वेभसाईडमा राखिएको छ । शिवाकोटीसँगै अर्का आमन्त्रित सदस्य दिप्त साहको नाम पनि वेभसाईडवाट हटाईएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ को (ङ) मा उम्मेदवार बन्नका लागि कुनै पनि लाभको पदमा बस्न नहुने व्यवस्था छ । शिवाकोटी मेगा बैंकका सञ्चालक समिति सदस्य, कालिञ्चोक केवलकारका सञ्चालक पनि हुन् । धेरै उद्योग तथा व्यवसायमा प्रत्यक्ष संलग्नता रहेका उनी एमाले अध्यक्ष ओलीका विश्वासपात्रका रुपमा रहेका छन् । सोही कारण एमाले दोलखाका सम्भावित नेताहरुलाई पछि पार्दै उनले जिल्लाबाट टिकट पाएको आरोप पनि छ । यसअघि मन्त्री सम्म भइसकेका दुई पुराना प्रभावशाली नेतालाई पछि पार्दै व्यवसायी शिवाकोटीलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको हो । तर, अहिले उनको उम्मेदवारी विवादमा परेको छ ।

यसअघि निर्वाचन आयोगले लाभको पदमा रहेर उम्मेदवार बनेका कतिपयको उम्मेदवारी खारेज गरेको अवस्थामा शिवाकोटीको उम्मेदवारी कायमै रहला वा खारेज होला ? भन्ने विषय अहिले सबैको चासोको विषय बनेको छ । यसअघि निर्वाचन आयोगले कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने भन्दै रुपन्देही ‘२’ बाट हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी खारेज गरेको थियो । उनलाई सरकारी छात्रवृत्तिमा एमडी अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको कारण देखाउँदै आयोगले उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि भुसालले अदालतमा रिट दायर गरेपनि अदालतले समेत आयोगको निर्णय सदर गरेको थियो ।

लाभको पदमा रहेको भन्दै आयोगले नेपाल मेडिकल काउन्सिलका सदस्य डा. तोसिमा कार्कीको उम्मेवारी खारेज गरिसकेको छ । सोही प्रकारका मुद्धा तथा घटनामा परेका शिवाकोटीको आयोगले के निर्णय गर्ला ? एमालेका उम्मेदवार शिवाकोटीको उम्मेदवारी कायम रहला ? जनचासोको विषय बनेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरी दर्ता गरिसकेको छ भने यसको थप कानुनी प्रकृया अघि बढ्न बाँकी छ ।

यस्तै लाभको पदमा रहेको भन्दै आयोगले नेपाल मेडिकल काउन्सिलका सदस्य डा. तोसिमा कार्कीको पनि उम्मेवारी खारेज गरिसकेको छ । तर, सर्वाेच्च अदालतले कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको छ । सोही प्रकारका मुद्धा तथा घटनामा परेका शिवाकोटीको आयोगले के निर्णय गर्ला ? एमालेका उम्मेदवार शिवाकोटीको उम्मेदवारी कायम रहला ? यो पनि जनचासोको विषय बनेको छ । सम्भवतः उनको उम्मेदवारी पनि खारेज हुन सक्ने अनुमान गरिन्छ । निर्वाचन आयोगले त्यसरी लाभको पदमा बसेर कोही कसैले निर्वाचनमा उम्मेदवारी दिएर प्रचारप्रसारमा लागेको थाहा भए जुनसुकै वेला उजुरी दिन सकिने जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरी दर्ता गरिसकेको छ भने यसको थप कानुनी प्रकृया अघि बढ्न बाँकी छ । उजुरीमा प्रतिनिधी सभा निर्वाचन ऐन, २०७४ मा भएको व्यवस्था विपरित शिवाकोटीको उम्मेदवारी दर्ता गरिएको भन्दै उनको उम्मेदवारी खारेज गरी आवश्यक कानूनी कारबाहीको माग गरिएको छ ।

केही दिनअघिको लगानी वोर्डको वेभसाईडमा आमन्त्रित सदस्य रहेका छन् एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीः

तर, आज लगानी वोर्डको आमन्त्रित सदस्यवाट उम्मेदवार शिवाकोटीको नाम हटाईएको छः