images
images

क्रिकेटर सन्दीप लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

  • १८ कार्तिक २०७९, शुक्रबार १४:५२

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले नाबालिका बलात्कारको आरोपमा पक्राउ गरेका उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उनलाई केन्द्रिय कारागार सुन्धारामा पठाईने भएको छ । अदालतको आदेश अनुसार उनलाई केन्द्रिय कारागार सुन्धारा पठाईने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

लामिछानेको मुद्दामा आज थुनछेक बहस सकिएको हो । कार्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबरजस्तीकरणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।