images
images

प्रधानमन्त्री प्रचण्ड जाजरकोट र रुकुमपश्चिम जाँदै, घाइतेको उद्धार र राहतमा जुट्न निर्देशन

  • १८ कार्तिक २०८०, शनिबार ०६:४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिम जानुहुने भएको छ ।

आज बिहान खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैँ प्रभावित क्षेत्रमा जान लाग्नुभएको हो । स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रचण्ड बिहान जाजरकोट जान लाग्नुभएको छ । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति १२ बजे ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्धार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिनुभएको छ । भुकम्पमा परी घाइते भएकाहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय रुपमा जुट्न उहाँले निर्देशन दिनुभएको हो ।