images
images

प्रधानमन्त्री प्रचण्ड मेडिकल टिमसहित जाजरकोटमा, प्रभावित क्षेत्रको स्थलगत अवलोकन (तस्वीरसहित)

  • १८ कार्तिक २०८०, शनिबार ०९:३३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जाजरकोट पुग्नुभएको छ ।

काठमाडाैँबाट नेपाली सेनाको मेडिकल टिमसहित प्रधानमन्त्री जाजरकोट पुग्नुभएको  हो । जाजरकोट पुगेर प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जानकारी  लिनुभएको छ । प्रजिअवाट भूकम्पवाट भएको धनजनको क्षति सम्वन्धी जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले स्थलगत अवलोकन गरिरहनुभएको छ । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट पुग्नुभएको  हो ।

प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि जानुभएको छ । उहाँहरु दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्रीको सचिवालय अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तिनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ। गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या मृतकको संख्या १५४ पुगिसकेको छ ।