
विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । राना असोज २७ गते नै विनाविभागीय मन्त्री बनेका थिए। कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री हिजो नियुक्त गर्नुभएको थियो । सोही कारण एमाले सरकारबाट बाहिरिएको हो । एमालेको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।