
काठमाडौं । सरकारले जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पमा परी १ सय ३२ जनाको मृत्यु र १ सय ४० जना घाइते भएको पुष्टि गरेको छ ।
गृह मन्त्रालयमा आज बिहान बसेको सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा सशस्त्र प्रहरी बल, नेपालले १ सय ३२ जनाको मृत्यु भएको पुष्टि गरेको हो । तर स्थानीय जनप्रतिनिधिले भने योभन्दा धेरै क्षतिको विवरण दिएका छन् । गएराति रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोटमा ९२ जनाको मृत्युु भएको छ भने रुकुमपश्चिममा ४० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटमा क्षतिग्रस्त भवन तथा अन्य संरचनामा चापिएका ३१ जनालाई जीवितै उद्धार गरिएको हो ।
भुकम्पमा परी घाइते भएका ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनालाई सुर्खेत रिफर गरिएको छ । यस्तै रुकुमपश्चिममा पनि घाइते भएकाहरुको ४० जना उपचाररत रहेका छन् १५ जनालाई थप उपचारको लागि सुर्खे र नेपालगञ्चको अस्पताल पठाइएको छ ।