images
images

मन्त्रीपरिषद् वैठकको आव्हान, भूकम्प पीडितलाइ राहत वितरण एकद्धार प्रणालीवाट गरिने

  • १८ कार्तिक २०८०, शनिबार १३:४७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बैठकको बोलाउनु भएको छ । जाजरकोटमा भूकम्प गएर धनजनको क्षेति भएपछि प्रधानमन्त्रीले भोली विहानकालागि वैठक बोलाउनु भएको हो ।

भोलि (आइतबार) बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य किरण शर्माले जानकारी दिनुभयो । आइतबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प प्रभावितहरूका लागि राहत प्याकेज घोषणा गर्ने बताइएको छ ।

यसैवीच, सरकारले जाजरकोट भूकम्पमा राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने निर्णय गरेको छ  ।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले खोजी, उद्धार र राहत वितरणलाई प्राथमिकता दिने गरेको हो । सरकारले पश्चिम नेपालका पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोज/उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय पनि गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५/५ करोड रुपैया पठाउने निर्णय भएको हो ।

प्रभावित क्षेत्रमा चिकित्सिक, स्वास्थ्य सामग्री र औषधि पठाइएको छ भने थप आवश्यक परे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय गरेको छ । प्रभावित क्षेत्रमा त्रिपाल, कम्मल र खानेकुराको व्यवस्था गर्ने, आवश्यक परे थप पठाउने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।