images
images

जाजरकोट भूकम्पमा परी ज्यान गुमाउनेको संख्या डेढ सय नाघ्यो

  • १८ कार्तिक २०८०, शनिबार १७:१४

जाजरकोट भूकम्पमा परी ज्यान गुमाउनेको संख्या डेढ सय नाघेको छ ।

प्रहरीको पछिल्लो विवरण अनुसार जाजरकोट भूकम्पमा परी रुकुमपश्चिम र जाजरकोटमा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय ५७ पुगेको हो । जसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् । सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । यस्तै, भूकम्पबाट रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।

हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३/३ जना गरी १६६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जना उपचारपछि डिस्चार्ज भएका छन् । हाल पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।