images
images

मतपरिणाम अपडेटः प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार शिवाकोटीलाई १६ सय ८३ मतको अग्रता

  • १८ मंसिर २०७९, आईतवार ०७:३१

दोलखा । दोलखामा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।

जारी मतगणनामा सुरुवाती चरणदेखि अग्रता कायम राखेका लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार गंगा कार्की विश्वलाई पछि पार्दै अहिले एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी अग्रस्थानमा देखिएका छन् । शिवाकोटीले १६ हजार ६ सय २० मत प्राप्त गरेका छन् भने कार्कीले १४ हजार ९ सय ३७ मत सहित शिवाकोटीलाई पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर १६ सय ८३ रहेको छ । हालसम्म प्रतिनिधिसभातर्फ ३७ हजार २ सय २० मत गणना हुँदा १५ सय ५७ मत बदर भएको छ ।