images
images

दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका केसी विजयी

  • १८ मंसिर २०७९, आईतवार १०:०५

जिरी (दोलखा) । दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका भरत केसी विजयी भएका छन् ।

कांग्रेसका बर्मा लामालाई पराजित गर्दे केसी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । केसीले १९ हजार ४ सय १४ मत पाएका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेसका बर्मा लामाले १७ हजार ५ सय ९५ मत पाएका छन् । यो सँगै लामाले एक हजार ८ सय १९ को मतान्तरले हारमा चित्त बुझाउनु परेको छ । २०७४ सालमा भीमेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएर एक कार्यकाल विताएका केसीलाई प्रदेशको यात्राका लागि एमालेले यो पटक प्रदेशसभा २ मा उम्मेदवार बनाएको थियो ।

प्रदेशसभा सदस्यमा निर्वाचित हुनुमा यो पटक पनि केसीलाई भीमेश्वर नगरकै मतको ठूलो योगदान रहेको छ । क्षेत्र २ अन्तर्गतको ४ पालिकामध्ये भीमेश्वर नगरपालिका र बिगु गाउँपालिका बाहेकका अन्य पालिकामा उनी पछि पर्दै आएपनि अन्तिममा भीमेश्वरको मतले उनलाई बिजयी गराएको हो । शैलुङ गाउँपालिकामा लामाले ४ हजार ९ सय ३४ मत पाउँदा केसीले ४ हजार ४ सय २२ र कालिञ्चोकमा लामाले ५ हजार ६२ मत पाउँदा केसीले ४ हजार ६ सय ३८ मत मात्रै पाएका थिए ।

यसैगरी विगुमा केसीले लामाले भन्दा एक हजार ६९ मत बढी ल्याएका थिए । विगुमा केसीले ३ हजार ४ सय २४ मत प्राप्त गर्दा लामाले २ हजार ३ सय ५५ मत मात्रै पाएका थिए । कांग्रेस जिल्ला सभापति बर्मा लामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए ।

लामा यसअघि अघिल्लो स्थानीय तह निर्वाचनमा मेलुङ गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए भने अघिल्लो प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा पनि उनी प्रदेशसभा १ वाट उम्मेदवार बनेका थिए । तर, उनी दुवै निर्वाचनमा सफल हुन सकेनन् । तेश्रो पटकको निर्वाचनमा पनि लामा पराजित भएका छन् ।

लामालाई स्थानीय तह निर्वाचनमा मेलुङ गाउँपालिकामा अहिले एमालेबाट प्रदेश १ मा उम्मेदवार बनेका नर बहादुर श्रेष्ठले पराजित गरेका थिए भने प्रदेशसभा सदस्य निर्वाचनमा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका नेता विशाल खड्कासँग पराजित भएका थिए । उनको यो लगातार तेस्रो पटकको हार हो ।