images
images

दोलखा प्रदेशसभा १ मा गठबन्धनका उम्मेदवार काफ्ले चार हजार मतले अगाडि

  • १८ मंसिर २०७९, आईतवार ०७:४२

दोलखा । दोलखा प्रदेशसभा १ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेशका कुन्दनराज काफ्लेले प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई करिव चार हजार मतले पछि पारेका छन् ।

काफ्लेले १५ हजार ७ सय ४१ मत प्राप्त गरेका छन् भने श्रेष्ठले ११ हजार ७ सय ४९ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३ हजार ९ सय ९२ रहेको छ । प्रदेशसभा १ तर्फ हालसम्म ३० हजार ७ सय ४९ मतगणना भएकोमा ९ सय २२ मत बदर भएको छ । प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार भरत केसी जितको नजिक पुगेका छन् ।