images
images

अन्तिम मत परिणाम नआउँदै काफ्ले र केसीको जित सुनिश्चित

  • १८ मंसिर २०७९, आईतवार ०८:०२

जिरी (दोलखा) । दोलखामा प्रदेशसभातर्फ क्षेत्र १ मा कांग्रेसका कुण्दनराज काफ्ले र प्रदेश २ मा एमालेका भरत केसीको जित सुनिश्चित भएको छ ।

अन्तिम मत परिणाम नआउँदै उनीहरुको जित निश्चित भइसकेको हो । क्षेत्र नम्बर १ मा तामाकोशी गाउँपालिकाको मतगणना भइरहेको छ भने अब बैतेश्वर गाउँपालिकाको बाँकी छ । काफ्लेले तामाकोशीमै आफ्नो जित शुनिश्चित गरिसकेका छन् । यता, क्षेत्र २ मा भीमेश्वर नगरपालिकाको अन्तिम मतगणना भइरहेको छ । अहिले भीमेश्वर २ मा मतगणना भइरहेको छ । क्षेत्र १ मा काफ्लेसँग एमालेका नरबहादुर श्रेष्ठको प्रतिस्पर्धा रहेको छ भने क्षेत्र २ मा एमालेका केसीसँग कांग्रेसका बर्मा लामाबीचको प्रतिस्पर्धा रहेको छ । तर, श्रेष्ठ र लामाले नजित्ने र जित काफ्ले र केसीको पक्षमा हुने निश्चित भएको हो ।

काफ्ले श्रेष्ठ भन्दा ४ हजार ९ सय ७७ मतसहित अगाडि छन् । उनले हालसम्म १७ हजार ४ सय ३० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी श्रेष्ठले १२ हजार ४ सय ५३ मत पाएका छन् । अब तामाकोशीको गणना सम्पन्न भएसँगै बैतेश्वरको सुरु हुनेछ ।

प्रदेशसभा २ को भने पछिल्लो मत परिणाम आउन बाँकी छ । यसअघि विहान ७ बजेसम्मको मतपरिणम अनुसार केसीको १८ हजार १५ र लामाको १६ हजार ४ सय ४१ मत रहेको छ ।