images
images

प्रतिनिधिसभातर्फ भीमेश्वर नगरपालिकाको मतपरिणामः कुन वडामा कस्को कति मत ?

  • १८ मंसिर २०७९, आईतवार १२:५६

जिरी (दोलखा) । दोलखामा प्रतिनिधिसभातर्फ भिमेश्वर नगरपालिकाको सम्पुर्ण मतपरिणाम सार्वजनिक भएको छ ।

भिमेश्वर नगरपालिकाको ९ वटै वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । जसअनुसार सो नगरमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ७ हजार ३ सय ७५ मत पाएका छन् भने माओवादी केन्द्रका गंगा कार्कीले ४ हजार २ सय १ मत प्राप्त गरेका छन् । त्यहाँ एमालेका उम्मेदवारले ३ हजार १ सय ७४ बढी मत पाएका छन् । भिमेश्वर नगरपालिकाको वडा नम्बर १ मा कार्कीले ६ सय १७ मत पाएका छन् भने वडा नम्बर २ मा ४९७, वडा नम्बर ३ मा ३७४, वडा नम्बर ४ मा ४५९ वडा नम्बर ५ मा ३७३ वडा नम्बर ६ मा १९४ वडा नम्बर ७ मा ३७२, वडा नम्बर ८ मा ५३४ र वडा नम्बर ९ मा ६६९ मत पाएका छन् । यसैगरी शिवाकोटीले वडा नम्बर १ मा ९५१, वडा २ मा ९१०, वडा नम्बर ३ मा ४८१, वडा नम्बर ४ मा ६४६, ५ मा ११९९, वडा ६ मा ७४५, वडा ७ मा ९३४, वडा ८ मा ६१२ र ९ मा ९७८ मत पाएका छन् ।

भिमेश्वर नगरपालिकाकलाई एमालेको पकट क्षेत्र मानिन्छ । त्यसैले पनि यो क्षेत्रमा एमालेको बढी मत आएको हो । प्रतिनिधिसभातर्फको जारी मतगणनामा अन्य पालिकाहरुबाट माओवादीका कार्कीलाई पछ्याउँदै आएका शिवाकोटी भीमेश्वरमा गणना हुँदा अग्रस्थानमा पुगेका थिए ।