images
images

दोलखामा समानुपातिक मतपरिणामः (विवरण सहित)

  • १८ मंसिर २०७९, आईतवार १३:५२

दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै राखेको छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ ३४ हजार ११ मत गणना हुँदा नेकपा एमालेले १२ हजार ५ सय ८७ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १० हजार ९ सय १७ मतसहित एमालेलाई पछयाइरहेको छ ।यस्तै नेकपा माओवादी केन्द्र ४ हजार ४ सय ६६ मतसहित तेस्रो स्थानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी १ हजार ४ सय ९० मत सहित चौथो स्थानमा रहेको छ । राप्रपाले ८ सय ८७ र एकीकृत समाजवादीले १ हजार २ सय २७ पाएकोे छ ।

यस्तै, प्रदेशसभा समानुपातिकतर्फ पनि नेकपा एमालेकै अग्रता छ । ५५ हजार ५२ मत गणना हुँदा एमालेले समानुपातिकतर्फ सबैभन्दा बढी २१ हजार ३ सय १७ मत पाएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ हजार ८ सय ६० मत प्राप्त गरेको छ भने नेकपा माओवादी माओवादी केन्द्रले ११ हजार १ सय ७१ मत पाएको छ । यस्तै, नेकपा एकीकृत समाजवादीको २ हजार ३ सय ५१ र राप्रपाको २ हजार २ सय १२ मत रहेको छ ।