images
images

प्रदेशसभा २ मा जित हात पारेपछि चरिकोटमा एमालेको बिजय जुलुस

  • १८ मंसिर २०७९, आईतवार १४:५५

दोलखा । नेकपा एमालेले दोलखाको प्रदेशसभा २ मा जित हात पारेपछि सदरमुकाम चरिकोटमा विजय जुलुस निकालेको छ ।

वाम गठबन्धनका उम्मेदवार बर्मा लामालाई पराजित गर्दै प्रदेशसभा २ मा नेकपा एमालेका नेता भरत केसी विजयी भएसँगै सदरमुकाम चरिकोटमा एमालेले बिजयी जुलुस निकालेको हो । बिजयी जुलुसमा नेकपा एमालेका पोलिटव्युरो सदस्यहरु आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ता र समर्थकको सहभागिता रहेको थियो ।

प्रदेश सभा २ मा निर्वाचित भएसँगै नेता केसीले जनताको सल्लाह सुझावलाई शिरोपर गरी न्याय र समानता सहित समृद्ध दोलखा निर्माणका लागि आघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।