images
images

दोलखा प्रदेशसभा १ मा काफ्ले ८०२२ मतान्तरले विजयी

  • १८ मंसिर २०७९, आईतवार २०:१८

जिरी (दोलखा) । दोलखाको प्रदेशसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले भारी मतसहित विजयी भएका छन् ।

एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गर्दै काफ्ले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । काफ्लेले २२ हजार ७ सय ९७ मत पाएका छन् भने उनका प्रतिद्धन्द्धी श्रेष्ठले १४ हजार ७ सय ५५ मात्रै प्राप्त गरेका छन् । काफ्ले ८ हजार २२ बढी मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। बिद्यार्थी राजनीतिवाट उदाएका कांग्रेस नेता काफ्ले पछिल्लो पटक जनताले रुचाएका युवा नेता हुन् । कांग्रसका केन्द्रिय सदस्य समेत रहेका उनले विगतमा राजतन्त्र बिरोधी आन्दोलनमा अग्रमोर्चामा खटिएर नेतृत्व गरेका थिए । पराजित भएका श्रेष्ठ एमालेका जिल्ला अध्यक्ष हुन् । उनी २०७४ सालको स्थानीय निर्वाचनबाट मेलुङ गाउँपालिकाका अध्यक्ष बनेका थिए । एक कार्यकाल गाउँपालिका अध्यक्ष भएर काम गरेका उनी यो पटक प्रदेशको यात्राका लागि प्रतिस्पर्धामा थिए ।

तर, काफ्लेले मतगणना सुरु भएसँगै अग्रता कायम राखेर भारी मतले विजयी भएपनि उनी प्रदेशको यात्राका लागि सफल हुन सकेनन् ।