images
images

प्रतिनिधिसभातर्फ शिवाकोटीलाई पछि पार्दै कार्की अग्रस्थानमा

  • १८ मंसिर २०७९, आईतवार १७:०६

दोलखा । दोलखामा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गंगा कार्की (विश्व) अग्रस्थानमा देखिएका छन् ।

कार्कीले २१ हजार ४ सय १२ मत प्राप्त गरेका छन् भने नेकपा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १ सय ४१ मत प्राप्त गरेका छन् । उनीहरुबिचको मतान्तर २ सय ७१ रहेको छ । माओवादीका कार्की र एमालेका शिवाकोटीबिच कडा प्रतिस्पर्धा भइरहेको छ । सुरुवाती चरणदेखि अग्रता लिइरहेका कार्कीलाई भीमेश्वर नगरपालिकाको मतगणना गर्दा शिवाकोटीले पछि पारेका थिए । अहिले बैतेश्वर गाउँपालिकाको मतगणना गर्दा कार्कीको पक्षमा बढी मत देखिएको हो । अहिले वैतेश्वर गाउँपालिकामा धमाधम मतगणना भइरहेको छ ।