images
images

दोलखा प्रदेशसभा १ मा एमालेका उम्मेदवार श्रेष्ठ ७ हजार मतान्तरले पछाडि

  • १८ मंसिर २०७९, आईतवार १८:२२

दोलखा । दोलखा प्रदेश सभा क्षेत्र नम्बर १ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले ७ हजार मतको अग्रता लिएका छन् ।

नेकपा एमाले उम्मेदवार नरबहादुर श्रेष्ठलाई काफ्लेले ७ हजार २ सय ९५ मतले पछाडि पारेका हुन् । काफ्लेले २१ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेकपा एमाले उम्मेदवार श्रेष्ठले १४ हजार ४२ मत मात्रै प्राप्त गरेका छन् । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफे घर भएका काफ्लेले एमालेका उम्मेदवार श्रेष्ठलाई भारी मतान्तरले पछाडि पारेका छन् ।