images
images

समानुपातिकतर्फ प्रतिनिधिसभामा ३८ हजार र प्रदेशसभामा ६७ हजार मतगणना सकियो

  • १८ मंसिर २०७९, आईतवार १८:४६

दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमालेले अगाडि देखिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ ३८ हजार ४ सय ५७ मत गणना हुँदा नेकपा एमालेले १४ हजार ८६ मतका साथ अग्रता कायम राखेको हो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १२ हजार ७ सय ६ मतसहित एमालेलाई पछयाइरहेको छ । यस्तै नेकपा माओवादी केन्द्र ४ हजार ७ सय ९४ मतसहित तेस्रो स्थानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी २ हजार ५३ मत सहित चौथो स्थानमा रहेको छ । एकीकृत समाजवादीले १ हजार ५ सय १३ र राप्रपाले ९ सय २७ मत पाएकोे छ ।

यस्तै, प्रदेशसभा समानुपातिकतर्फ ६७ हजार ४ सय ९० मत गणना हुँदा एमालेले २६ हजार २ सय ६६ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ हजार २ सय ४४ मत प्राप्त गरेको छ भने नेकपा माओवादी माओवादी केन्द्रले १२ हजार ९ सय ५८ मत पाएको छ । यस्तै, नेकपा एकीकृत समाजवादीको ३ हजार ३ सय ७० र राप्रपाको २ हजार ४ सय ६५ मत रहेको छ ।